खर्च गर्ने बाटो खुलेपछि बढ्यो चाप, ११ बजेदेखि ३ बजेसम्म भुक्तानी गर्न राखियो शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 04:48:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एक सातासम्म खर्च गर्न नपाएको सरकारलाई खर्च गर्ने बाटो खुला भएपछि भुक्तानीमा चाप परेको छ। बजेट पारित हुन नसक्दा भदौ ३० गते बुधबारदेखि असोज ७ गतेसम्म सरकारले रकम खर्च गर्न सकेको थिएँन ।

असोज ७ गते राष्ट्रपतिले बिनियोजन विधयेक प्रमाणीकरण गरेपछि ८ गते शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो । एक सातासम्म भुक्तानी रोकिएपछि अहिले भुक्तानीमा चाप परेको छ । महालेखा परीक्षकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेर कार्यबोझ हुने समय अर्थात् ११ बजेदेखि ३ बजेसम्म एउटै भुक्तानीबाट १००० भन्दा बढी भुक्तानी निकासा हुने भुक्तानी  आदेशको कार्य नगर्न निर्देशन दिएको छ ।

महालेखाको पत्रमा भनिएको छ 'विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक स्वीकृत नभएका कारण केहि दिनदेखि भुक्तानी निकासा बन्द भएको कारण र सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी प्रणाली संचालनका आधारमा आश्विन महिना भुक्तानी निकासाको लागि जटिल महिना हुन पुगेको छ, तसर्थ दैनिकरुपमा उच्च कार्यबोझ हुने समय (११ बजेदेखि ३ बजेसम्म) एउटै भुक्तानीबाट १००० भन्दा बढी भुक्तानी निकासा हुने भुक्तानी आदेशको कार्य सो समयमा नगर्नु होला ।' 

साथै प्रणालीहरुलाई सबल रुपमा संचालन गर्न जुन दिन CGAS+ मा भुक्तानी आदेश स्वीकृत भई एकल कोष खातामा प्राप्त हुन्छ सोहिदिन कार्यालयबाट भुक्तानी आदेशको हाई कपि प्राप्त गरी सोहि दिन नै निकासा भुक्तानी हुने व्यवस्था समेत गर्न समेत महालेखाले निर्देशन दिएको छ ।

त्यस्तै महालेखाले बिनियोजन विधयेक प्रमाणीकरण भएसंगै यस अघिनै जारी बजेट कार्यान्वयन सम्बन्धी निर्देशन अनुसार आ.ब. २०७८।०७९ बजेट कार्यान्वयन गर्न गराउन भनेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved