व्यवसायी इच्छाराज तामाङ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 08:36:22 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।

उनी माथि निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोप लागेको छ। उनी काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक हुन् । सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखिएपची उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ 

प्रहरीका अनुसार तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेको छ। उनको सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता दिन नसकेपछि निक्षेपकर्ताले सहकारीमा उजुरी दिएका हुन्  । प्रहरीले सहकारीका कर्जा अधिकृतलगायत अन्य १० जना कर्मचारीलाई पनि पक्राउ गरेको छ । 

तामाङ सिभिल बैंकका समेत अध्यक्ष हुन्   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved