फ्रान्सका राजदूतलाई अर्थमन्त्रीको आग्रह, ‘फ्रान्सका लगानीकर्तालाई आकर्षित गर्नुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 05:34:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि फ्रान्सका राजदूत जिलेस बोउरबाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् । 

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नुहुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved