काठमाडौँ महानगरः ४ महिनामै २४३ करोड राजश्व संकलन, पार्किङ शुल्क मात्रै १४ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 09:50:00 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले उठाउने घरबहाल कर बढेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि कात्तिकसम्म महानगरले ६६ करोड ४१ लाख घरबहाल कर उठाएको छ ।

यो महानगरको वर्षिक लक्ष्यको ३७.९५ प्रतिशत हो । वर्षभरीमा महानगरले १ अर्ब ७५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ को ४ महिनामा महानगरले ३३ करोड ५२ लाख घरबहाल कर उठाएको थियो । महानगरले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ५० लाख घरबहाल कर उठाउने लक्ष्य राखेकोमा यसवर्ष भन ३८ करोड बढीको लक्ष्य राखेको हो । 

यसैबीच महानगरले सम्पत्ती, बहाल तथा पट्टा बापतबाट ४ करोड ६३ लाख कर उठएको छ । गत वर्ष महानगरले यस्तो कर ९८ लाख मात्रै उठाएको थियो । 

चालु आर्थिक वर्षको ४ महिनामा सम्पत्ति कर ३५ करोड ५२ लाख रुपैयाँ उठिसकेको महानगरले जनाएको छ । गत वर्षको यो अधिमा सम्पत्ति कर १८ करोड १३ लाख मात्रै उठेको थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत ८० करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।

भूमिकर तथा मालपोतवपत ५९ लाख रुपैयाँ कर उठेको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत १४ करोड ६७ लाख कर उठाईसकेको छ ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा महानगरले पार्किङ शुल्कवापत १४ लाख, नक्सापास दस्तुरवापत २३ करोड ९६ लाख रुपैयाँ कर आम्दानी गरिसकेको छ । 

महानगरले सार्वजनिक गरेकोपहिलो चौमासिक विवरणमा देखाईए अुनसार ३४ शिर्षकमा कर संकलन भएको छ । यो ४ महिनामा महानगरले २ अर्ब ४३ करोड ९८ लाख कुल राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २६.८५ प्रतिशत हो । महानगरले यो वर्ष ९ अर्ब ८ करोड ७० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved