६ वर्षमा सरकारले उठायो १ खर्ब १८ अर्ब पुँजीगत लाभकर, व्यक्तिगत लाभकर मात्रै ६८ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 02:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

६ वर्षको अवधिमा नेपाल सरकारले ६८ अर्ब व्यक्तिगत पुँजीगत लाभकर संकलन गरेको छ । आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष ७७/७८ सम्मको अवधिमा सरकारले ६८ अर्ब ४८ करोड ४ लाख ४७ हजार व्यक्तिगत पुँजीगत लाभकर संकलन गरेको हो ।

जस मध्ये सबै धेरै पुँजीगत लाभकर  गत वर्ष अर्थात् आर्थिक वर्ष ७७/७८ मा उठेको थियो ।  गत वर्षमा २८ अर्ब ६० करोड ५४ लाख ८५ हजार पुँजीगत लाभकर संकलन गरेका हुन्। 

आर्थिक वर्ष ७६/७७ मा भने  ८ अर्ब ८४ करोड ११ लाख ८९ हजार पुँजीगत लाभकर संकलन भएको थियो । त्यस्तै आर्थिक वर्षमा ७५/७६ मा १० अर्ब १२ करोड ३९ लाख, आर्थिक वर्ष ७४/७५ मा ७ अर्ब २१ करोड ६७ लाख, आर्थिक वर्ष ७३/७४ मा ७ अर्ब १ करोड ८० लाख र आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ६६ करोड ९५ लाख व्यक्तिगत पुंजीगत लाभकर संकलन गरिएको विभागले जनाएको छ । 

६ वर्षको यस अवधिमा सरकारले ५० अर्ब ५० करोड ९६ लाख ७२ हजार संस्थागत पुँजीगत लाभकर संकलन गरेको छ।  जस मध्ये आर्थिक वर्ष ७२/७३ मा १० अर्ब ४ करोड ९६ लाख, आर्थिक वर्ष ७३/७४ मा १३ अर्ब ७२ करोड ६४ लाख, आर्थिक वर्ष ७४/७५ मा ९३ करोड ३८ लाख , आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ४० करोड ७२ लाख, आर्थिक वर्ष ७६/७७ मा २३ अर्ब ६८ लाख, र आर्थिक वर्ष ७७/७८ मा ७० करोड ५४ लाख ८५ हजार रुपैयाँ स्नास्थागत पुँजीगत लाभकर संकलन भएको छ । ६ वर्षको अवधि सरकारले व्यक्तिगत र संस्थागत गरि कुल १ खर्ब १८ अर्ब ९९ करोड पुँजीगत लाभकर संकलन गरेको छ । 

आय आर्जनका सबै स्रोतहरुलाई आयकरको दायरामा ल्याई करको आधार विस्तार गर्ने सन्दर्भमा वि.सं. २०५८ देखि पंजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत र संस्थागत रुपमा लगाइँदै आएको छ। माथिको विवरणलाई विश्लेषण गर्दा आ.व. २०७२।७३ र आ.व. २०७३।७४ मा पूँजीगत लाभकर असुली बढ्दै गएको देखिन्छ भने आ.व. २०७४।७५ मा केहि घटेको छ भने त्यसपछिका आ.व २०७५ १७६ र २०७६/७७ मा पुनः बढेको छ। आ.व २०७६/७७ मा corporate capital gain tax एकदमै धेरै बढेको देखिन्छ यसको प्रमुख कारण एनसेलको पुंजीगत लाभकरको कारण हो । आर्थिक वर्ष २०७७।७८ मा पूँजीगत लाभकर अघिल्लो आ.व को तुलनामा घटेको देखिन्छ।

शेयर कारोबार र घर जग्गा कारोबार पुँजीगतलाभकरको प्रमुख स्रोतहरु हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved