अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्ना बस्ने व्यवसायीको चेतावनी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 01, 2021 | 02:01:03 PM मा प्रकाशित

laxmi bank

व्यवसायीले अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने चेतावनी दिएका छन् । बुधबार मोबाइल वितरक संघको दोस्रो महाधिवेशनमा व्यवसायीहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तुरुन्त कार्यान्वयनमा ल्याउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका छन् ।

साउन १ बाटै लागू गर्ने भनिएको एमडीएमएस प्रणाली अझै लागू नभएको भन्दै अवैध मोबाइल फोनको बिक्री वितरण बढिरहेको व्यवसायीको गुनासो छ । 

‘अब पनि एमडीएमएस लागू भएन भने दूरसञ्चार प्राधिकरणको गेटमा धर्नामा बस्नुको विकल्प हुँदैन,’ मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘आश्वासन धेरै आइसक्यो, यही महिनाभित्र लागू गर्नुपर्छ ।’ 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एमडीएमएस प्रणाली तत्कालै लागू गर्ने बताए । 

‘मलाई यसबारे हिजो मात्रै जानकारी भयो’ मन्त्री शर्माले भने, ‘तत्काल लागू गर्न निर्देशन दिइसकेको छु, अब यो समस्या समाधान हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved