अर्थ समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई छलफलको लागि बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 04:32:03 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बिहिबार बिहान ११ बजे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्न लागेको हो।

समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको हो।समितिले अर्थ मन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बोलाएको छ

छलफलमा हाल बजारमा देखिएको तरलताको समस्याबारे पनि छलफल हुने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved