पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 09:05:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो । 

विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

 आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको चालीस प्रतिशतले हुने रकम यहि २०७८ पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि विभागले सार्वजनिक सूचना जारी गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved