आईएमएफले नेपाललाई दियो शुन्य ब्याजदरमै ४७ अर्ब ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 08:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै उपलब्ध गराउने भएको छ । 

कोषले नेपाललाई २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४६ अर्ब ७० करोड ऋण शून्य ब्याज दरमा स्वीकृत गरेको हो ।

यो ऋण सहायतामध्ये १३ अर्ब रुपैयाँ पहिलो किस्ता वापत एक हप्ताभित्रै प्राप्त हुनेछ । बाँकी रकम किस्ता किस्तामा नेपाल आउने अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए । 

उक्त ऋण सहायता नेपालले आवश्यकता र प्रथामिकताका आधारमा बजेटमा समावेश गरेर खर्च गर्ने भएको छ । अर्थका अनुसार चालु आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved