दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 09:03:40 AM मा प्रकाशित

laxmi  sunrise bank

 दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस गरेको हो ।

बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालासँग छलफल गरेर मूल्य बढाउँन प्रस्ताव गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने गरि सिफारिस गरिएको हो।

पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको र सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको भनाई छ। त्यस्तै चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य पनि बढेकोले लागत अनुसार किसानले मूल्य नपाएकोले मूल्य बढाउनु पर्ने बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । 

मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्छ ।  अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ ।  बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved