घरजग्गा कारोबारमा तरलता अभावको असरः १ महिनामै ३६ करोडले घट्यो राजस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 11:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय प्रणालीमा तरलता अभावको असर घरजग्ग कारोबारमा देखिएको छ । बैंकहरुमा लगानीयोग्य रकम नहुँदा कर्जा लिएर व्यक्तिगत तथा आवासीय भवन बनाउनेहरु घटेका छन् । यति मात्रै नभई मालपोत कार्यालयबाट प्रवाह हुने घरजग्गा सम्बन्धि सेवा संख्या पनि घटेको छ ।

सेवा प्रवाह खुम्चिँदा यसको असर राजस्व संकलनमा पनि परेको छ । लिखत पारित, नामसारी, रोक्का, फुकुवा लगायतका सेवा संख्या घट्दा मंसिरको तुलनामा राजस्वमा गिरावट आएको हो । 

पौषमा घट्यो कारोबार र राजस्व

पौष महिनामा सेवा प्रवाह घटेको छ । मंसिरमा १ लाख ६९ हजार ८ सय सेवा प्रवाह भएकोमा पौषमा १ लाख ५७ हजार १३८ मात्रै सेवा प्रवाह भएको छ । 

मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख ६० हजार ७५२ रुपैयाँ राजस्व संकलन भएकोमा पौषमा ६ अर्ब ७० करोड ४२ लाख ५० हजार ६८९ रुपैयाँ मात्रै राजस्व उठेको छ । मंसिरको तुलनामा पौषमा ३६ करोड २३ लाख रुपैयाँ कम राजस्व उठेको हो ।

कुन शीर्षकमा कति ?

पौषमा रजिष्ट्रेशन दस्तुरवापत ४ अर्ब ११ करोड ८० लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पूँजीगत लाभकरवापत १ अर्ब ४७ करोड ८१ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सेवा करवापत २४ करोड ४५ लाख ३३ हजार, बागमती सभ्यता शुल्कवापत २२ करोड १८ लाख ५७ हजार र छुट शुल्कवापत ५९ करोड ४५ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बिलम्ब शुल्क, अनलाइन प्रिन्ट, जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट लगायतका शीर्षकबाट देशभरका मालपोत तथा भूमीसुधार कार्यालयहरुले शुल्क उठाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved