गुणस्तरहीन मह बेचेर समातिएका नेकपा एसका नेता भन्छन्, ‘यत्ति नगरे त व्यवसाय नै चल्दैन नि’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 03:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गुणस्तरहीन मह उत्पादन गरेर बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका नेकपा एकिकृत समाजवादीका नेता नरेश श्रेष्ठले बजारको माग अनुुसार नै आफूले मह उत्पादन गरेको प्रष्टिकरण दिएका छन् ।

उनले आफूले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको स्वीकार गरिसकेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरका अनुसार उनले ओरिजिनल महमा चिनी र ग्लुकोज मिसाउँदा सबै वर्गले किन्न सक्ने मह बन्ने दाबी गरेका छन् । 

‘बजारमा अहिले डिमाण्ड नै यस्तै महको छ, मैले बनाउने मह सबै खालका ग्राहकले खरिद गर्न सक्ने छ’ प्रहरी हिरासतमा रहेका श्रेष्ठको भनाई उदृत गर्दै एसएसपी कुँवरले भने, ‘अहिले बजारमा मह उत्पादन गर्ने सबैले यसै गर्छन् ।’ 

महाशाखाको टोलीले ठमेलको ज्याँठास्थित श्रेष्ठको मह कारखानामा छापा मारेर उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालको ७५ सय लिटर तयारी मह र त्यसको कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो । प्रहरीले मह बनाउन प्रयोग हुने मेसिन र कच्चा पदार्थ राखिएका भाँडाहरु पनि बरामद गरेको छ ।

चमतीमा पनि उनै श्रेष्ठको मह गोदाममा प्रहरीले छापा मारेर तयारी मह नियन्त्रणमा लिएको छ । ‘स्पर्श ब्राण्ड’को नामबाट बजारमा मह पठाउँदै आएका श्रेष्ठको कम्पनीसमेत कतै दर्ता नभएको प्रहरीले जनाएको छ । मह बनाउन आवश्यक माहुरीको चाका भने उनले चितवनबाट झिकाउने गरेको बुझिएको प्रहरीले जनाएको छ । 

श्रेष्ठले डिलरलाई २५० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने तर, उक्त मह उपभोक्तासम्म पुग्दा प्रतिकेजी ६ सय रुपैयाँसम्म पर्न आउने श्रेष्ठले प्रहरी समक्ष प्रारम्भिक बयानमा बताईसकेका छन् । उनल कालोबजारी ऐनअनुसार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

श्रेष्ठ माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved