कडाइ गर्दा पनि ६ महिनामै ९ खर्ब ९९ अर्बको सामान आयात, ब्यापार घाटा ८८० अर्ब पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 11:24:41 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा  नेपालले झन्डै १० खर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ५१.१३ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ६ खर्ब ६१ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १ खर्ब १८ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ९५.४८ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ६० अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ८० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ४६.६४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ६ खर्ब मात्रै थियो। 

६ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ६१ अर्ब ४७ करोडको आयात गरेको छ ।  त्यस्तै ३६ अर्ब ५४ करोडको सोयाबिन तेल, २९ अर्बको पेट्रोल, , २९ अर्ब कै एलपिजो ग्यास, र २७ अर्बको कच्चा पाम तेल आयात गरेको छ ।  यस अवधिमा नेपालले  ३४ अर्बको सोयाबिन तेल निर्यात गरेको छ ।  

नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्न दर्जनौ बढी वस्तु आयात गर्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको थियो । तर रश्र्ता बैंकको कडाईले पनि उलेख्य रुपमा आयात भने नघटेको देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved