अर्थतन्त्र गम्भिर स्थितिमा पुग्नुमा वर्तमान सरकार र अर्थमन्त्रीको दोष छैन: विनोद चौधरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 06:13:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा पुगेको बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भिरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए । सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाए । उनले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडिको ड्राइभर बदलिँदैमा गाडिले तीव्र गति नलिने बताए । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गरे ।

उनले भने,‘ बजेटको बेलामा बाहेक अरुबेला मुलुकको अर्थतन्त्र कता गइरहेको छ भनेर गम्भिरतापूर्वक छलफल नगर्ने हाम्रो मानसिकता,कहिले कोभिड,युक्रेन र रसियाको युद्ध जस्ता कुराहरुको आडमा मुलुकले भोगेको अत्यन्त विमतिलाई लुकाउने जष्टिफाइ गर्ने पुरानो प्रवृतिको निरन्तरताको फलस्वरुप अझै पनि मुलुकको अर्थतन्त्र त्यस्तै गम्भिर स्थितिमा उभिएको छ ।हाम्रा विकास बजेट कार्यान्वयन गर्ने प्रशासकीय क्षमता अत्यन्तै कमजोर भयो भन्ने कुरा पटक–पटक हामीले १० औं वर्षदेखि भन्दै आएका छौं । अहिले पनि जेठ ४ गतेसम्म ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडिको ड्राइभर बदलिँदैमा गाडिले तीव्र रफ्तार समात्दैन । अहिलेको हाम्रो अर्थतन्त्रको बेथा पनि त्यही नै हो । वर्तमान अर्थमन्त्री र सरकारलाई कुनै दोष दिनु अर्थ छैन । यो सरकारले बजेटसम्म पेस गर्न पाएको छैन ।’

सांसद चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत निर्यात गर्नुपर्ने बताए  । उनले विदेशी र-मेटिरियलमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने बताए । सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाट बढी विद्युत बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउन पर्ने आवश्यकता रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुटै नीतिगत व्यवस्था गर्नुपर्ने बताए  ।

उनले भने,‘ भारतसँग अत्यन्त गम्भिर रुपमा बढ्दै गएको व्यापार घाटा कम गर्ने एक मात्रै उपाय भनेको भारतमा विद्युतको निर्यात मात्रै हो । विदेशी रअ मेटियलमा आधारित वस्तुको निर्यातले यो व्यापार घाटाको खाडललाई पुर्न सक्दैन । कम्तिमा १५ हजार मेगावट बढी विद्युत बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बन्न सक्यो भने अहिलेको व्यापार घाटाको स्थिति अन्त्य हुनसक्छ । ५ हजार मेगावाटका विद्युतले मात्रै होइन । अन्य थप योजनाहरुले खाडल पुर्नसक्ने नीति ल्याउनुपर्छ । आगामी बजेटले बजारमा फेरि एकपटक क्यापिटल मार्केटमा तरङ्ग ल्याउने काम गरोस् । अहिले धेरै लगानीकर्ताको पँुजी डुबेको छ । बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक व्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको छ । राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पुँजी बजारको तरलतामा ल्याउनुपर्छ । सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने स्थिति छ, यसको अन्त्य राष्ट्र बैंकले गर्न सक्नुपर्छ । अहिलेको बजेटले यो काम गर्नेछ भन्ने विश्वास छ ।’

सांसद चौधरीले शेयर बजारमा धेरै लगानीकर्ताको पुँजी डुबेकाले आगामी बजेटले क्यापिटल मार्केटमा तरङ्ग ल्याउने किसिमको नीति ल्याउनुपर्ने बताए । उनले बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक व्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको बताए । चौधरीले राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पुँजी बजारमा ल्याउन माग गरे । उनले सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने भएकाले राष्ट्र बैंकले यसको अन्त्य गर्न सक्नुपर्ने बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved