ब्याजदर किन बढाईयो ? गर्भनरले गरे यस्तो खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 05:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद ब्याजदर बढाउनुको कारण निक्षेप आकर्षित गर्न नभएको प्रष्ट पारेका छन् । उनले निक्षेप बढाउन नभई अत्यावश्यक बाहेकका बस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको दाबी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा गर्भनर अधिकारीले विलासीताका बस्तुको प्रयोग र आयात घटाउन ब्याजदर बढाइएको संकेत गरे । 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत पोलिसी ब्याजदर २ प्रतिशतले बढाएर ७ प्रतिशत पुर्याएपछि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन् । कर्जाको ब्याजदर पनि १५ प्रतिशत माथि छ । 

‘आयातित वस्तुको उपभोग घटोस् भन्ने उदेश्यले ब्याजदर बढाईएपनि उपभोक्ताहरू जतिपनि मूल्य तिर्न तयार रहेको जस्तो देखियो’ उनले भने । 

उनले नेपालको अर्थतन्त्रको आयातमुखी भएकाले अर्थतन्त्रले पनि मूल्यवृद्धि बढाउन सहयोग गरेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved