सुरेन्द्र पाण्डे भन्छन्, ‘कर्मचारीको तलब १५ प्रतिशत बढ्नु न्यायोचित भएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 01:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का सांसद सुरेन्द्र पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन् । 

बुधवारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा आफ्ना भनाई राख्दै सांसद पाण्डेले सबै वर्गका कर्मचारीहरूको तलब समान रुपमा बढाईनु तल्लो तहका कर्मचारीमाथि अन्याय हुने बताएका हुन् । 

‘तल्लो वर्गका कर्मचारीहरू र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ?,’ उनले प्रश्न गर्दै भने, ‘विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन ।’

सांसद पाण्डेले ६० लाख परिवारलाई इन्डक्सन चुल्हो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको आरोप पनि लगाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved