अर्थमन्त्रीलाई अर्थविद् प्रा.डा. प्याकुरेलको प्रश्न, ‘जीडीपी बढेको देखाउने, अनि मूल्यवृद्धि रोक्छु भन्ने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 12:54:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले क्षमताभन्दा निकै बाहिर गएर बजेट ल्याईएको बताएका छन् । नेपाल आर्थिक संघका अध्यक्षसमेत रहेका प्रा.डा. प्याकुरेलले बजेट पछिको पोष्ट बजेट छलफलमा प्रतिव्यक्ति आय १३ सय ८१ डलरलाई मात्रै आधार मानेर बजेट आएको टिप्पणी गरे ।

‘बजेटको आकार कुनैपनि हालतमा यति हुनै सक्दैन, अहिलेको अवस्थामा नेपालमा बजेटको आकार १६ खर्बभन्दा माथि केही गरेपनि हुँन सक्दैन’ उनले भने, ‘मैले केही पत्रकारहरुलाई भनेको पनि थिएँ, मेरो टाउको काट्छु यसो नभन् भनेर कसैले भन्छ भने पनि नेपालको हालको बजेटको आकार १६ खर्बमाथि हुनै सक्दैन । तर, यसो जाने बुझेको कुरा भनेर सहयोग गर्दा पनि यहाँ त क्षमताभन्दा २ खर्ब बढी आकारको बजेट ल्याईयो ।’

बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । तर, उनले आर्थिक वृद्धिको लक्ष्य पनि नपुग्ने दाबी गरे । महँगीलाई सीमाभित्रै राख्ने दाबी गरिएपनि मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने प्रा. डा. प्याकुरेलको भनाई छ । 

‘जीडीपी बढेको देखाईएको छ, ७ प्रतिशत जीडीपी बढ्यो भनियो’ उनले भने, ‘जीडीपी बढेको बढ्यै गर्ने, अनि महँगी बाञ्च्छित सीमाभित्रै राख्छु भनेर हुन्छ ? त्यो त सँगै बढ्ने कुरा हो नि, मूल्यवृद्धि हुँदै नहुँदा पनि डबल डिजिटमा पुग्छ पुग्छ । अहिलेकै अवस्थामा यो अत्यन्त जोखिमपूर्ण हुन्छ ।’

त्यस्तै, वैदेशिक ऋण र वैदेशिक सहायता पनि बजेटले लिएको लक्ष्य अनुसार प्राप्त नहुने उनले बताए । चालु आर्थिक वर्षमै वैदेशिक अनुदान लक्ष्यभन्दा ५ प्रतिशत मात्रै आउने देखिएको भन्दै उनले आगामी आर्थिक वर्ष वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड र वैदेशिक ऋण साढे २ खर्ब सम्भव नहुने बताए ।

प्रा.डा. प्याकुरेलले ५ खर्बको लघुवित्त कोषले स्टार्टअप विजनेशलाई नछुने गरी बनाउन लागिएको पनि बताए । उनले यसले कोरोनाका कारण थलिएको र २२ लाख रोजगारी सिर्जना गरिरहेको स्टार्टअप क्षेत्रलाई मारामारको अवस्थाबाट मुक्ति नदिने पनि दाबी गरे । 

उनले कृषि क्षेत्रमा उत्पादन बढाउने भनिएपनि मलको अभाव हरेक सिजन उस्तै रहेको र जबरजस्ती मल ल्याएर कृषकलाई दिन्छौँ भन्दा कम गुणस्तरको मल आयात भई त्यसको असर उत्पादनमा पर्न जाने र कालान्तरमा मुलुक श्रृलङ्का जस्तै हुन सक्ने जोखिम पनि औल्याएका छन् ।

प्रा.डा. प्याकुरेलले स्रोत व्यवस्थापन गरेर नेपालमै गुणस्तरीय मल उत्पादनको कारखाना खोल्न प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved