वीरगञ्जबाट अर्थमन्त्रीको उद्घोष, ‘निजगढ बिमानस्थल बनाउन जस्तोसुकै त्याग पनि गर्न तयार छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2022 | 06:40:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउन आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको पनि बताएका छन् ।

 ‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने ।

उनले निजगढमा अन्तराष्ट्रिय विमानस्थल केवलत्रिभुवन बिमानस्थलको विकल्पका रुपमा मात्रै नभई मधेश र सिङनो देशको आर्थिक विकासका लागि आवश्यक रहेको बताए । निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको उनको भनाई छ ।

‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने । 

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोली शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षणमा पुगेको थियो । 

‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ अर्थमन्त्री शर्माले कार्यक्रममा भने, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved