७ नेपाली स्टार्टअपमा २४ करोड ५० लाख लगानीको प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2022 | 10:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सात स्टार्टअपसँग २४ करोड ५० लाख लगानीको सम्झौता भएको छ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नबिल बैंकसँगको सहकार्यमा गरेको कार्यक्रममा नेपालका सात स्टार्टअपले उक्त लगानी पाउने भएका हुन्।      

सहभागी ३०० स्टार्टअप मध्ये अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो।

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । 

उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको उपस्थितीमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।  

स्वपूँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved