निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 05:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरे नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सीईओमा ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

कोषको सीईओको लागि रमेश घिमिरे , कविराज अधिकारी र रमेश दाहाल सिफारिस भएकोमा सरकारले घिमिरेलाई सीइओ नियुक्त गरेको हो। राजस्व सचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले सीइओको लागि नाम सिफारिस गरेको थियो ।

 यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा सीइओ पद रिक्त थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved