पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारले आर्थिक मन्दीको संकेत गरेको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले विगतमा शेयर बजार अश्वभाविक रुपमा बढाईएको र अहिले घट्दा पनि अश्वभाविक घटेको बताएका हुन् ।
सेयर बजार भनेको जुनसुकै देशको पनि आर्थिक अवस्था कस्तो छ भनेर देखाउने क्षेत्र रहेको बताउदै उनले अहिले शेयर बजारले आर्थिक मन्दीको संकेत गरिसकेको बताए । १२/१३ खर्ब बजार पूँजीकरण गुमिसकेको उनको भनाई थियो ।
त्यस्तै उनले नयाँ स्टक एक्सचेञ्ज र लघु बीमाको लाईसेन्स दिने प्रक्रिया अगाडी बढ्नु नै अर्थतन्त्र सेटिङमा चलेको प्रमाण भएको बताएका छन् ।