डा. खतिवडाको प्रश्न, ‘जीडीपीको ३५ प्रतिशत ब्यापार घाटा हुँदा पनि सरकारलाई किन चिन्ता नलागेको ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 10:06:04 AM मा प्रकाशित

laxmi sunrise bank

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कुल पूँजी निर्माणमा २५ प्रतिशत मात्रै सरकारको योगदान हुने र बाँकी ७५ प्रतिशत पूँजी निर्माण गर्ने क्षेत्र नीजि क्षेत्र भएपनि वर्तमान सरकारले नीजि क्षेत्रको विश्वास गुमाईसकेको बताएका छन् । 

उनले ७५ प्रतिशत पूँजी निर्माण गर्नुपर्ने क्षेत्र आफैँ ब्यानरसहित सरकारको विरोधमा सडकमा उर्लिनुपर्ने अवस्था आउनु दुःखद भएको पनि बताएका छन् । 

‘७५ प्रतिशत पूँजी निर्माण गर्ने क्षेत्र नीजि क्षेत्र हो, कुल पूँजी निर्माणमा सरकारको योगदान त जम्मा २५ प्रतिशत मात्रै त हो नि’ डा. खतिवडाले भने, ‘तर, कानुन, नीति, कार्यक्रम र बजेटमै असन्तुष्ट जनाएर नीजि क्षेत्र सडकमा आउनु परिरहेको छ । सरकारले नीजि क्षेत्रको विश्वास गुमाएको अवस्था छ । यस्तो बेलामा थप लगानी आउँछ र स्थिर पूँजी बढ्छ भनेर विश्वास गर्ने ठाउँ छैन ।’

प्रोग्रेशिभ इन्जिनियर्स एसोसियनसले आयोजना गरेको एक कार्यक्रममा पूर्व अर्थमन्त्री डा. खतिवडाले कुल बैदेशिक ब्यापार १९ खर्बको हुँदा १७ खर्ब ब्यापार घाटा रहेको भन्दै यो कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत रहेको पनि बताए । 

‘१७ खर्बको बैदेशिक ब्यापार घाटा छ, यो भनेको जीडीपीको ३५ प्रतिशत हो’ उनले भने, ‘दक्षिण एसियामा श्रृलङ्का र पाकिस्तानको भन्दा अर्थतन्त्रका सूचकहरु नेपालको बलिया हुँदाहुँदै पनि पछिल्लो १ वर्षमा अर्थतन्त्रलाई जथाभावी चलाइँदा बैदेशिक ब्यापार र विदेशी मुद्राको सञ्चितीसहित सबैजसो सूचकहरु ओरालो लाग्दा पनि सरकारले कुनै ठोस योजना बनाएको छैन, सरकारलाई कुनै चासो र चिन्ता देखिँदैन ।’

उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ११ महिनासम्म बस्तु तथा सेवाको आयात गर्न पुग्ने गरी मुद्रा सञ्चिती गरेर राखेको कोष हस्तान्तरण गरेर बाहिरिएको भएपनि अहिले ५ महिनाको बस्तु तथा सेवाको आयात धान्न पनि मुस्किल हुने अवस्था रहेको पनि बताए ।

उनले पूँजीगत खर्च ६० प्रतिशत पनि हुन नसकेको भन्दै कटाक्ष पनि गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved