कोभिड १९ को
संक्रमण बढेको भन्दै चीनले नेपालतर्फको तातोपानी र रसुवागढी नाका बन्द गरेको छ ।
गत शनिवारदेखि नै नाका बन्द गरिएको त्यहाँस्थित नेपालको भन्सार कार्यालयले जनाएको
छ ।
कुनै औपचारिक
जानकारीबिना नै चीनतर्फबाट मालसामान नआएको हो । तिब्बतमा कोरोना संक्रमण बढेका
कारण नाका बन्द भएको हुनसक्ने रसुवागढी भन्सार कार्यालयका डा. रामप्रसाद मैनालीले बताएका
छन् ।
चीनले कोभिड
संक्रमण बढेको भन्दै तिब्बतका विभिन्न शहरहरूमा लक-डाउन गरेको छ । त्यही लक-डाउनका
कारण नेपालतर्फको सीमा अनौपचारिक रूपमा बन्द गरिएको हो । नाका बन्द भएपछि मालसामान
आवतजावत ठप्प बनेको छ ।