महासंघका अध्यक्ष गोल्छा भन्छन्, ‘राजस्व बुझाउने नीजि क्षेत्रको अपमान नगरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 10:30:39 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने शिलशिलामा सरकार पक्षबाट अवरोध हुन नहुने बताएका छन् । 

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सरकार–निजी साझेदारी अभियानको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा अध्यक्ष गोल्छाले उद्योगीलाई काम गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताएका हुन् । 

उनले उद्योगीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्नुपर्ने र लगानीलाई सहज वातावरण बनाईदिने दायित्व सरकारको भएको पनि बताएका छन् । 

उनले राजश्व तिरेर काम गर्ने उद्योगी व्यवसायीलाई अपमान नगर्न सरकारसँग आग्रह गरे । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार गर्न पनि माग गरे ।

‘हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस्, हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस्, हामी राजश्व बुझाउँछौं अपमान नगरिदिनुहोस्’ अध्यक्ष गोल्छाले भने, ‘निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गरौँ ।’

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved