अर्थमन्त्रीले भने, ‘बैंकहरुले जथाभावी ब्याजदर बढाउनु ठिक भएन, आउँदो हप्ता आवश्यक निर्णय लिइन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 02:42:28 PM मा प्रकाशित

laxmi bank sanima

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले ब्याजदर बढाएकोप्रति कटाक्ष गरेका छन् । उनले बैंकहरुले बचतमा अस्वभाविका ब्याज बढाउँदा त्यसको असर उत्पादनमूलक उद्योगमा परेको भन्दै बढेको ब्याजदरप्रति असन्तुष्टि जनाएका हुन् । 

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको नाडा ईभी एक्सपोको उद्घाटनका क्रममा अर्थमन्त्री शर्माले यसबारे आउँदो हप्ता नै आवश्यक निर्णय लिइने दाबी पनि गरेका छन् । 

‘बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत ब्याज आउने देशमा पैसा कसरी उद्योग र उत्पादनमा जान्छ ?’ प्रश्न गर्दै अर्थमन्त्रीले भने, ‘यस्तो नीति ठिक भएन, परिवर्तन गर्नुपर्छ । अर्को हप्ता नै यसबारे मन्त्रालयमा बहस छ, त्यहीँबाट आवश्यक निर्णय लिइन्छ ।’

अर्थमन्त्री शर्माले बहसका लागि आफूले सचिवलाई निर्देशन दिइसकेको जानकारी गराउँदै यसबारे आगामी हप्ता नै निर्णय लिने दाबी गरे । 

उनले उत्पादनमूलक उद्योगलाई २ प्रतिशत सस्तो ब्याजमा कर्जा लगानी गर्नुपर्ने नीति पारित भइसकेको स्मरण गराउँदै जथाभावी ब्याजदर नबढाउन बैंकहरुलाई सांकेतिक निर्देशन पनि दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved