२ महिनामा पौने ३ खर्बको आयात हुँदा साढे २ खर्बको व्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 01:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा नै झण्डै ३ खर्बको बस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको हो । 

बस्तु आयातमा कडाई गरेको भएपनि आयातमा बाहिरिएको नेपाली रुपैयाँमा खासै ठूलो अन्तर नदेखिएको हो । यद्यपी, गत आर्थिक वर्षको यो अवधिको तुलनामा चालु आर्थिक वर्षमा बस्तु आयातमा बाहिरिएको नेपाली रुपैयाँ करिब ४२ अर्बले घटी हो । 

भन्सारको तथ्यांकले साउनको तुलनमा भदौमा आयात बढेको देखाएको छ । 

२ महिनामा २ खर्ब ७३ अर्ब बढीको आयात हुँदा निर्यात भने जम्मा २८ अर्ब ६८ करोडको मात्रै भएको छ । गत आर्थिक वर्षको साउन र भदौमा ४४ अर्ब ३ करोडको वस्तु निर्यात भएकोमा यस वर्षको सोही अवधिमा निर्यात ३५ प्रतिशतले घटेको हो । 

आर्थिक वर्षको २ महिनामै २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख व्यापार घाटा व्यहोरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved