विश्वब्यापी सिद्दान्त विपरित ब्याजदरमा अर्थमन्त्रीको ठाडो हस्तक्षेप, व्यवसायी खुसाउन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 04:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउने विषयमा अध्ययन गर्न कमिटी नै बनाएका छन् । आइतबार अपरान्ह साढे ३ घण्टाभन्दा बढी समय सरोकारवालासँग छलफल गरेपछि अर्थमन्त्री शर्माले बैंकले आफूखुशी ब्याजदर बढाउने सम्बन्धमा हस्तक्षेप गर्नेगरी कमिटी बनाएका हुन् । 

आइतबार अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव, राष्ट्र बैंकका प्रतिनिधि, उद्योगी, व्यवसायी, बैंकर सहित छलफल भएको थियो । छलफलमा असोज १ देखि लागू हुने गरी बैंकर्स संघले ब्याजदर बारेको भद्र सहमति खारेज गरेको विषयमा कुराकानी भएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

छलफलपछि अर्थमन्त्री शर्माले मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा कमिटी बनाएका छन् । कमिटीमा राष्ट्र बैंकबाट १ जना प्रतिनिधि, बैंकर्स संघबाट २ जना प्रतिनिधि, वाणिज्य मन्त्रालयबाट १ जना प्रतिनिधि र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शबाट एक एक जना प्रतिनिधि रहने छन् । 

अर्थमन्त्रालयबम उपसचिव सदस्य सचिव रहने गरी कमिटी बनाइएको छ । यो कमिटीले अध्ययन प्रतिवेदन बुझाउन ५ दिनको समय पाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आफ्नो तर्फबाट कसलाई प्रतिनिधि पठाउने भन्नेबारे एक दुई दिनमै टुंगो लगाउने बताइएको छ ।

अहिले ब्याजको दर बढ्दा ऋणीमाथि आर्थिक भार बढेपनि बढ्दो मुद्रास्फिती अर्थात् बढ्दो महंगी रोक्नलाई कुनै पनि देशको केन्द्रिय बैंकले ब्याजदर बढाउने गर्दछन। बिश्वब्यापी सिद्दान्त विपरित अर्थमन्त्रीले ब्याजदर घटाउने भन्दै समिति नै बनाउनु ब्याजदर माथिको ठाडो हस्तक्षेप नभई विश्वब्यापी सिद्दान्त विपरितको काम गरेको एक बैंकरको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved