खर्च गर्न निकै कमजोर कर्णाली : पछिल्लो ४ वर्षको औसत खर्च आधा

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Sep 27, 2022 | 01:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेत/ कर्णाली प्रदेश सरकारको चार वर्षको खर्च निराशाजनक रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० कालागि कर्णाली प्रदेश सरकारले ल्याएको कूल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार बजेटमध्ये असोज १० गतेसम्म ५ दशमलव ६५ प्रतिशत चालू खर्च भएको छ ।

अविकसित प्रदेशको दर्जा पाएको कर्णालीले नयाँ आर्थिक वर्ष शुरू भएसँगै कूल बजेटको पूँजीगततर्फ २ दशमलव ९८ प्रतिशतमात्रै खर्च गरेको पाइएको हो ।

अर्थात सरकारले चालू खर्चतर्फ चालू खर्च ७४ करोड ५३ लाख ९६ हजार खर्च गर्दा पूँजीगततर्फ जम्मा ५८ करोड ६ लाख ८२ हजार खर्च गरेको हो ।

कूल बजेटमा १ अर्ब ३२ करोड ६० लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक मानबहादुर बम बताउँछन् । उनका अनुसार चालू आर्थिक वर्षको असोज १० गतेसम्मको विवरण अनुसार चार दशमलव ०६ प्रतिशत मात्र खर्च भएको हो ।

आर्थिक वर्ष ०७४/७५ मा प्रदेश सरकारले कूल १ अर्ब २ करोड ५ लाख बजेटमध्ये जम्मा ७ प्रतिशत बजेट मात्र खर्च ग¥यो । आर्थिक वर्ष ०७५/७६ मा २८ अर्ब २८ करोड २८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको प्रदेश सरकारले जम्मा ९ अर्ब ९५ करोड ३३ लाख मात्र खर्च गरेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा ३४ अर्बभन्दा बढीको बजेट विनियोजन गरेको प्रदेश सरकारले जम्मा ४९ प्रतिशत बजेट मात्र कार्यान्वयन गरेको थियो । आर्थिक वर्ष ०७७/०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरेको प्रदेश सरकारले ६५ दशमलव ५२ प्रतिशत बजेटमात्र कार्यान्वयन गर्न सक्यो ।

जसमा विकासतर्फको बजेट खर्चको अवस्था भने निराशाजनक नै छ । यस्तै आर्थिक वर्ष ०७८/०७९ मा प्रदेश सरकारले ३६ अर्ब ५४ करोडभन्दा बढीको बजेट ल्याएको थियो । तर उक्त बजेटमा पनि जम्मा ६२ दशमलव ३७ प्रतिशत मात्र खर्च भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved