गाडी, मोबाइल, मोटरसाइकल र रक्सीको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 02:17:35 PM मा प्रकाशित

laxmi sunrise bank

मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम राख्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

विदेशी मुद्राको सञ्चिती बढ्ने अपेक्षा अनुसार बैशाखदेखि आयात प्रतिबन्ध लगाइएको भएपनि विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत सुधार नदेखिएको भन्दै उद्योग मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्ध कायम रहने संकेत गर्दै आएका थिए । 

बैशाखदेखि तयारी मदिरा, ३ सय डलर माथिका स्मार्टफोन, जीप, कार र भ्यान, १५० सिसी माथिका मोटरसाइकलको आयात प्रतिबन्ध छ । पछिल्लो पटक थपिएको आयात प्रतिबन्धको अवधि आज असोज २८ गते सकिएपछि पुनः मंसिर मसान्तसम्म प्रतिबन्ध लम्बिएको हो । 

व्यवसायीहरूले भने आयात प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved