चुनावको मुखमै ५ करोडको चिनियाँ रक्सी र चुरोट बरामद (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 02:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरी बलको टोलीले अवैध रक्सी र चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरीको रसुवास्थित टिमुरे बिओपीका इन्स्पेक्टर नारायण गुरुङ नेतृत्वको टोलीले स्थानीय प्रहरीसँगको समन्वय गरेर अवैध रुपमा आएको तर, वेवारिसे अवस्थामा रहेको रक्सी र मदिरा बरामद गरेको हे । 

भन्सार छलेर ल्याइएको र अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा २१ थरी चुरोट र ८ थरी मदिरा बरामद गरिएको हो । 

बरामद भएका सामानमा १ हजार ५१३ बोतल महँगा विदेशी मदिरा छन् । विदेशीमा पनि चिनियाँ नाम गरेका बोतल धेरै छन् । त्यस्तै, ४ हजार ७९३ पेटी चुरोट छ । हङ्गी लगायतका नाम गरेका महँगा विदेशी चुरोट उक्त परिमाणमा बरामद भएको सशस्त्र प्रहरी बल हेडक्वार्टरका सूचना प्रमुख शैलेन्द्र थापाले जानकारी दिए । 

बरामद सामानको १ करोड ३० लाख रुपैयाँ भन्सार मूल्य निर्धारण गरी भन्सार कार्यालय टिमुरेलाई बुझाइएको छ । 

‘भन्सार तिरेर प्रणालीबाट आउँथ्यो भने यो सामान ५ करोड बराबरको हो’ सूचना प्रमुख थापाले भने, ‘तर, बरामद भएपछि भन्सारलाई बुझाउँदा कम मूल्यांकन गरेर बुझाउनुपर्छ । अब भन्सार विभागले बाँकी प्रक्रिया पूरा गरेर बढाबढमा लिलाम गर्छ ।’

यो सामान बरामदका क्रममा कमाण्डिङ गरेका सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङले निर्वाचनको मुखमा सुरक्षा निकायको ध्यान चुनावतिर हुन्छ भन्ने मनशायले कसैले विभिन्न ब्राण्डका मदिरा र चुरोट भन्सार छलेर ल्याएर छोडेको हुनसक्ने बताएका छन् । बिल बिजक नभएका सामान आफूहरुको तर्फबाट प्रक्रिया पूरा गरेर भन्सारलाई जिम्मा लगाइएको उनको भनाई छ ।

भिडियो:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved