काठमाडौँमा भाडामा बस्न घरबेटीसँग अनिवार्य ‘भाडा सम्झौता’ गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 02:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले अब आफ्नो क्षेत्राधिकार भित्रका घरहरु बहाल (भाडा)मा लगाउँदा अनिवार्य घरभाडा सम्झौता गर्नुपर्ने नियम ल्याउने भएको छ । भाडामा बस्न अनिवार्य भाडावालाले घर धनीसँग सम्झौता गर्नुपर्ने गरी नियम ल्याउन लागिएको महानगर स्रोतले बताएको छ ।

‘घर बहाल व्यवस्था कार्यविधि’ बनाउन सुरु गरिएको र यो कार्यविधि बनेर लागू भएपछि घरधनी र भाडामा बस्नेबीच अनिवार्य घर बहाल सम्झौता गर्नुपर्ने महानगरको राजस्व परामर्श समितिले बताएको छ ।

राजस्व परामर्श समितिले कार्यविधिको मस्यौदा विधायन समितिमा पठाउने निर्णय पनि गरिसकेको छ । बुधबारको राजस्व परामर्श समितिको बैठकले कार्यविधिको मस्यौदा विधायन समितिमा पठाउने निर्णय गरिसकेको समितिकी संयोजकसमेत रहेकी महानगरकी उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।

हाल आर्थिक ऐनका आधारमा बहाल कर उठाउँदै आइएको र अब भने बहाल व्यवस्थासम्बन्धी महानगरको आफ्नै कानुन बनाउन लागिएको हो ।

कस्तो छ मस्यौदा

कार्यविधिको मस्यौदामा उल्लेख भए अनुसार काठमाडौँ महानगरभित्र बसोबास गर्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि घर संरचना, ठाउँ (स्थान) वा वा जग्गा भाडामा दिँदा वा लिँदा अनिवार्य सम्झौता गर्नुपर्छ ।

सम्झौताको एक प्रति भाडामा दिने व्यक्तिm एक प्रति लिने व्यक्ति र एक प्रति सम्बन्धित वडा कार्यालयमा राख्नुपर्ने छ । सम्झौतामा भाडामा लिने र दिने दूबै पक्षको नाम, ठेगाना, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको÷दिएको संरचना वा स्थानको क्षेत्रफल र कित्ता नम्बर अनिवार्य उल्लेख गर्नुपर्छ ।

भाडा वापत लिने पक्षले तिर्नुपर्ने रकम कसरी तय गर्ने, कति समयमा कति बढाउन पाइने, खानेपानी, र बिजुलीको महशुल कसले तिर्नु, बहाल कर कसले बुझाउने पनि सम्झौतामै स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

यदि सम्झौता गर्दा नै घरबहाल कर भाडामा बस्ने वा घरधनी कसले बुझाउने भनेर नलेखिएको अवस्थामा भने यस्तो कर सम्बन्धित घरधनी आफैँले बुझाउनुपर्नेछ ।

अहिले बस्दै आएका तर घरबहाल सम्झौता नगरेका भाडावाला र घरधनीले कार्यविधि लागू भएको ९० दिनभित्र सम्झौता गर्नुपर्नेछ । यसको अर्थ कार्यविधि लागु हुनु अगाडी नै घर तथा कोठा भाडामा लगाइरहेका र भाडामा बसिरहेकाहरुले यो नियम लागू भएको ९० दिनभित्र महानगरले तोकेको कार्यविधि अनुसार बहाल सम्झौता गरेर वडा कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved