अब यी वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुनपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 05:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले केही वस्तुहरुको आयातमा शतप्रतिशत क्यास मार्जिनको व्यवस्था हटाएको छ ।

राष्ट्र बैंकले यसअघि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका केही बस्तुहरुमा अब शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान हटाएको हो । 

राष्ट्र बैंकको नयाँ परिपत्र अनुसार पत्थर, प्लाष्टर, सिमेण्ट, एस्बेस्टोस (अश्मतन्तु), अबरख वा यस्तै किसिमका पदार्थहरुबाट बनेका वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नु नपर्ने भएको छ । तर, यी बस्तुहरुको आयात गर्दा सार्वजनिक खरिद प्रक्रियामा सहभागी भएर गरिएको करार सम्झौताका कागजागत भने बुझाउनुपर्ने छ । 

विछ्यौनाको रुपमा परिवर्तन गर्न सकिने वा नसकिने सिट (आसन) (शीर्षक ९४.०२ बाहेक) र तिनका पार्टपूर्जाहरुको आयातमा समेत शतप्रतिशत नगद मार्जिन राख्न नपर्ने व्यवस्था गरेको छ । स्टाइरिनका पोलिमरहरुको आयातमा पनि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved