५ महिनामा सरकारको खर्च ४३५ अर्ब, खातामा १८२ अर्ब नगद बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 01:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार रु.४३५ अर्ब २१ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.३५४ अर्ब २६ करोड, रु.३३ अर्ब ९९ करोड र रु.४६ अर्ब ९६ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.३२६ अर्ब ८९ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.३०१ अर्ब ४६ करोड र गैर कर राजस्व तर्फ रु.२५ अर्ब ४३ करोड परिचालन भएको छ ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुकोकुल खर्च रु.३५ अर्ब ६५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन रु.५२ अर्ब ८९ करोड रहेको छ । समीक्षा अवधिमा यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३६ अर्ब ९२ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.१५ अर्ब ९७ करोड रहेको छ । 

 २०७९ मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१८२ अर्ब ४३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२२७ अर्ब ६९ करोड रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved