घरजग्गामा लगानी गर्न खुकुलो गरिदिनुस्, १ महिनामै अर्थतन्त्र चलायमान हुन्छः इच्छाबहादुर वाग्ले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 06:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारका सम्बन्धमा सरकार आफैँ स्पष्ट नभएको आरोप लगाएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रियामा उनले घरजग्गा कारोबारमा स्पष्ट नीति नभएकै कारण अहिले अर्थतन्त्र चलायमान हुन नसकेको दाबी पनि गरे ।

रियलस्टेटमा लगानी नगरी शहरीकरण र बजारीकरण सम्भव नहुने भएपनि सरकारले रियलस्टेट क्षेत्रमाथि नीतिगत रुपमै प्रहार गरिरहेको उनको घुमाउरो आरोप छ ।

‘७ वटा प्रदेश छन्, तिनका राजधानी छन्, देशैभरका पालिका र तिनका मुकामहरु छन्, त्यहाँ व्यवस्थित शहरीकरण हुनु पर्दैन ?’ अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गर्दै वाग्लेले भने, ‘मूल्यांकनको ३० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ, यसले कसरी व्यवस्थित शहरीकरण हुन्छ ? उत्पादनमूलक उद्योगहरु कसरी बाँच्छन् ?’ 

उनले घरजग्गामा बैंकहरुले लगानी गर्दा ५० प्रतिशत मार्जिनको नीतिगत व्यवस्था हुनुपर्ने पनि माग गरे । 

‘५० प्रतिशत मार्जिनको व्यवस्था होस् त, १ महिनाभित्र सबै व्यवसाय चलमायन हुन्छन्’ उनले दाबी गर्दै भने, ‘देशको इकोनोमी चलायमा बनाउन घरजग्गामा कम्तीमा ५० प्रतिशतको मार्जिन हुनुपर्छ ।’ 

उनको यो भनाई पश्चात पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि हाउजिङको निर्माणमा प्रवाह हुने कर्जाको ब्याजदर खुकुलो भए छड, रड, सिमेन्ट जस्ता उत्पादनमूलक उद्योगहरुको उत्पादन खपत बढ्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved