डा. स्वर्णिम वाग्ले भन्छन्, ‘रेमिट्यान्समा यो तहको निर्भरताले जुनसुकै बेला दुर्घटना निम्तिन सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 07:01:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीहरुले नाफा कमाउने र राज्यले सधैँ घाटा ब्यहोरिरहने खालको अर्थतन्त्रको संरचनाले दुर्घटनाको जोखिम निम्त्याइरहने बताएका छन् । चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रियामा डा. वाग्लेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ‘टाक्स फोर्स’ बनाएर ‘जग’ हाल्न ढिला भइसकेको बताएका हुन् । 

‘आयातमुखी अर्थतन्त्र छ, आयात हुनुपनि पर्छ, तर नाफा जति व्यवसायीले लिने र राज्यले घाटा खाइरहने स्थिती स्वीकार्य हुनु हुँदैन’ उनले भने, ‘हालसम्म भइरहेको यहीँ हो, अब यसलाई बदल्न टाक्स फोर्स बनाएरै काम गर्नुपर्छ, ढिला भइसक्यो ।’ 

विशेष परिस्थितीमा विशेष आकारको बजेट ल्याएको दृष्टान्त देखाएर हरेक वर्ष बजेटको आकार बढाइनु पनि गलत भएको बताए । 

‘भूकम्पको बेला पुनःनिर्माणका लागि ठूलो बजेट चाहिएको थियो, अन्तराष्ट्रिय दातृ निकायबाट आएको सहयोग समेतलाई जोडेर ठूलो आकारको बजेट आयो, तर अहिले पनि हरेक वर्ष बजेटको आकार बढउँदै छौँ’ उनले भने, ‘बजेटको आकार पनि रेमिट्यान्सलाई हेरेर बढाउँछौँ । ३ करोड जनसंख्या भएको देशमा कुल अर्थतन्त्रको २२÷२३ प्रतिशत हिस्सा रेमिट्यान्सबाट कभर हुनुले हामी जहिल्यै दुर्घटनाको जोखिममै छौँ भन्ने देखाउँछ ।’

डा. वाग्लले तत्काल ठूलो आकारको निकासी सम्भव नभएपनि भविष्यमा ठूलो मात्रामा बस्तु तथा सेवाको निर्यातका लागि अहिले जग बसाल्नुपर्ने बताए ।

‘दक्षिणतिर (भारतसँग)को ब्यापार घाटा त चुलि पुगिसक्यो, उत्तरतिर के रहेछ त भनेर हेरेको त्यताबाट पनि निकासी लाखमा हुँदा अर्बमा आयात हुँदो रहेछ’ उनले भने, ‘चाउचाउ र अगरबत्ती निर्यात गरेर हुँदैन, यसो भन्दैमा त्यो चटक्कै छोडौँ भन्ने होइन । तर, भविष्यमा ठूलो निकासीका लागि अहिले जग हालिएन भने खतरा छ ।’

उनले विदेशबाट अनुदानको अपेक्षा बढी गर्ने गरिएपनि अहिले अनुदानभन्दा ऋण बढी हुन थालेको भन्दै राजनीतिक नेतृत्वले अब सोच्नुपर्ने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved