अर्थ मन्त्रालय राष्ट्र बैंकसँग सघन छलफलमा छ, ब्याजदरलाई सीमा भित्रै राख्छौ:अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 11:02:26 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय राष्ट्र बैंकसँग सघन छलफलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'साना तथा मझौला उद्यमी सम्मलेन' (एसएमईज सम्मिट) को उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले ब्याजदर लगायतका विषयमा अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग छलफल गरेर सकारात्मक नतिजाको नजिक पुगेको बताएका हुन् ।

उनले निजी क्षेत्रका माग र सरोकार सम्बोधन गर्ने प्रयास भइरहेको जानकारी गराएका छन् । उनले भने 'राष्ट्र बैंक आफ्नै स्वायत्त कानुनबाट चल्ने निकाय भएकाले उसले स्वायत्त ढंगले निर्णय गर्ने क्षमता राख्छ, तर अर्थतन्त्र चलाउने निकाय भएकाले अर्थ मन्त्रालयले छलफल गर्नु अर्थको दायित्व हो । ब्याजदर महँगीसँग जोडिन्छ, महँगी नियन्त्रण गर्दै ब्याजदरलाई सीमा भित्रै राख्ने कसरत भइरहेको छ, ब्याजदर क्रमशः घट्न सरु भएको छ, यो सकारात्मक छ ।'

फरक प्रसङ्गमा उनले स्टार्टअप कार्यविधि चाँडै पारित हुने बताए । २० महिना अगाडि आफुले नै बजेट ल्याउँदा स्टार्टअपलाई बजेटको अंग बनाएको , तर बजेट कार्यान्वयन गर्ने बेला सरकारबाट बाहिरिनु पर्दा कार्यविधि ल्याउन ढिला भएको उल्लेख गरे । उनले भने ' २० महिनापछि फर्केर आएको छु, अब सिघ्र यो कार्यविधि पारित हुन्छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved