नेपालको आयात र निर्यात दुवै घट्यो, ६ महिनाको ब्यापार घाटा ७ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 04:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ६  महिनाको अवधिमा  नेपालले ७ खर्ब ९२ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात २०.६८ प्रतिशतले कम हो। अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ९ खर्ब ९९ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा नेपालले ८० अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ३२.०१ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले १ खर्ब १८ अर्ब  बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ६  महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब ११ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १९.१५ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ८० अर्ब थियो। 

६ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ७० अर्ब बराबरको आयात गरेको छ ।  त्यस्तै ३३ अर्ब ५३ करोडको पेट्रोल, २८ अर्ब २० करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । 

यस अवधिमा नेपालले  ८ अर्ब ८ करोडको सोयाबिन तेल निर्यात गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved