‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’माथि बहस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 05:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा कमजोर बन्दै गएको आर्थिक गतिविधिका सन्दर्भमा आज काठमाडौँमा छलफल आयोजना गरिएको छ । नेपाल सरकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउन पहल गरिरहेको र राष्ट्र बैंकबाट पनि मौद्रिक नीतिको समीक्षाको तयारी गरिरहेका बेला काठमाडौँमा यस क्षेत्रका विज्ञसहितको सहभागितामा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’माथि बहस भएको हो ।

जारी छलफलमा अर्थमन्त्री पौडेलसहित, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल सहभागि छन् । 

यस्तै अन्तरक्रियामा बैंक तथा वित्तीय संस्था सञ्चालक सङ्घका अध्यक्ष पवन गोल्यान, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, लगानी बोर्डका कार्यकारी अधिकृत शुशील भट्ट, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाललगायतको सहभागिता छ । कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved