‘८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने स्वीकार गरेका छन् । चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताएका हुन् । 

उनले धानको उत्पादन केही बढ्ने अनुमान गरिएको र पर्यटन क्षेत्रमा केही सुधार देखिएको भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसक्ने देखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । 

मूल्यवृद्धि पनि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा आर्थिक वर्षको ६ महिनामा ७.२६ पुगिसकेको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved