८ महिनामा साढे ९ खर्बको ब्यापार घाटा, ९९ अर्बको डिजेल र ४४ अर्बको पेट्रोल आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 04:25:02 PM मा प्रकाशित

laxmi sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को ८ महिनाको अवधिमा  नेपालले १० खर्ब ५८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १९.१३ प्रतिशतले कम हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले १३ खर्ब ८ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात २९.०७  प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालले १ खर्ब ४७ अर्ब  बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ९ खर्ब ५३ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १७.८६ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब थियो। 

८ महिनाको अवधिमा  नेपालले सबैभन्दा धेरै डिजेल, पेट्रोल र खान पकाउने ग्यास आयात गरेको छ । नेपालले डिजेल मात्र ९८ अर्ब ९५ करोड बराबरको आयात गरेको छ ।  त्यस्तै ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । 

यस अवधिमा नेपालले सबैभन्दा धेरै  ८ अर्ब ३७ करोडको सोयाबिन तेल निर्यात गरेको छ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved