देशकै होलसेल बजार न्यूरोड, असन र इन्द्रचोक सुनसान, व्यवसायीले मागे घरभाडा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 04:52:50 PM मा प्रकाशित

laxmi bank

काठमाडौँको मुख्य ब्यापारिक केन्द्र न्यूरोड, असन र इन्द्रचोकका व्यवसायीहरुले अवस्था दर्दनाक हुँदै गएको बताएका छन् । सो क्षेत्रका व्यवसायीहरुको क्रियाशील व्यवसायिक संस्था राष्ट्रिय व्यापार संघले व्यवसायीहरु व्यवसायबाट पलायन भई मानसिक रुपले समेत विचलित भइरहेको जनाएको हो । 

आज एक अपिल जारी गर्दै राष्ट्रिय व्यापार संघले देशको अर्थतन्त्रमा देखिएको शिथिलता, सहकारी संस्थाहरु धरासायी भएको अवस्था, बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर आदि कारणले व्यवसायमा संकुचन र गिरावट आएको जनाएको छ । 

व्यवसायीक रुपमा देश भरीकै होलसेल केन्द्रविन्दुका रुपमा रहेको फसिकेब, वटु, गुच्चाटोल, महाबौद्ध, इन्द्रचोक लगायतका क्षेत्रमा आर्थिक गतिविधि निरन्तर ओरालो लागिरहेको संघले जनाएको छ । 

‘आर्थिक गतिविधि न्यूनिकरण भई रहेको परिस्थितिमा यस क्षेत्रमा व्यवसाय गर्ने सम्पूर्ण व्यवसायी साथीहरुलाई आड भरोसा दिई घरभाडा लगायत अन्य क्षेत्रमा सहुलियत, सहयोग गरि विषम परिस्थितिसँग सधै जुध्ने हौसला प्रदान गरिदिनु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’ राष्ट्रिय व्यापार संघले भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved