कुल गार्हस्थ्य उत्पादनमा वित्तीय, बीमा र शेयरबजार क्षेत्रको योगदान ७.३७ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 06:23:53 PM मा प्रकाशित

laxmi sunrise bank

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७ प्रतिशत बढी रहेको पाईएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत रहेको हो ।

 समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक  वर्षको  तुलनामा चालु आर्थिक वर्षमा  ७.२९  % ले कुल मूल्य अभिवृद्धि (GVA)  मा वृद्धि हुने  प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ । 

वित्तीय क्षेत्र भित्र बैंकिङ समूहमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त  कम्पनीहरूको साथै सहकारी संस्थाहरूको कारोबार रहेका छन् । बीमा समूहमा बीमा समिति, जीवन बीमा, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूको कारोबारहरू रहेका छन् । त्यस्तै गरी सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज , कर्मचारी संचय कोष, नागरिक लगानी कोष आदिका कारोबारहरू रहेका छन् ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved