वैशाखमा १ अर्ब ६४ करोड वैदेशिक लगानी प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 07:22:43 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख महिनामा १ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार बैशाखमा १ अर्ब ६४ करोड ८३ लाख २० हजार बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । 

२८ वटा परियोजनाका लागि उक्त लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । उक्त लगानी भित्रिए र परियोजना बनेपछि १ हजार २७२ जनाले रोजगारी पाउने उल्लेख छ । 

यससँगै चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमार्फत आउने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड १ लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved