चेम्बर एक्स्पोः जडिबुटीदेखि गलैँचासम्मका ८५ स्वदेशी स्टल रहने, विदेशी स्टललाई १ लाख ५ हजार शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 03:58:48 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल चेम्बर अफ कमर्सले जेठ ४ गतेदेखि काठमाडौँमा ‘चेम्बर एक्स्पो’ आयोजना गर्दैछ । छैठौँ संस्करणको चेम्बर एक्स्पोमा १५० स्टल रहनेछन् । यीमध्ये ८५ स्टल नेपाली उत्पादनका रहनेछन् भने बाँकी भारत, पाकिस्तान र बंगलादेशका उत्पादन रहने चेम्बरको मेला समिति सभापति राष्ट्रभूषण चाकुबाजीले जानकारी दिए ।

उनका अनुसार नेपाली उत्पादनका स्टलका लागि प्रति स्क्वायर फिट ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । विदेशीको हकमा स्टल शुल्क ८ सय अमेरिकी डलर तोकिएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजारमा प्रचार र बी टू बी कन्सेप्टमा आधारित अन्तराष्ट्रिय व्यापारका लागि चेम्बरले यो मेला आयोजना गर्न लागेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । 

‘अर्थतन्त्रलाई केही हदसम्म भएपनि चलायमान बनाउने उदेश्यले मेला आयोजना गर्न लागेका हौँ, चेम्बरले यस प्रकारको मेलाबाट कुनै नाफा आर्जन गर्ने लक्ष्य राखेका छैन’ अध्यक्ष मल्लले भने, ‘नेपाली उत्पादन जडिबुटी, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, गलैँचा, पश्मिना लगायतका गार्मेन्टहरुको प्रोमोट गर्ने लक्ष्य हो ।’

चेम्बरका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । एक्स्पो जेठ ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved