![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
नेपालको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.८ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालको कुल ग्राहस्थ उत्पादन करिब ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने अनुमान गरिएकोमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको छ ।
बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा १९ खर्ब ८१ अर्ब रुपैयाँ योगदान रहने प्रक्षेपण गरिएको छ ।
सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहने देखिएको छ । जीडीपीमा कर्णाली प्रदेशको योगदान जम्मा २ खर्ब २१ अर्ब (४.१ प्रतिशत) हुने अनुमान छ।
कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब रुपैयाँ हुने अनुमान छ ।
जीडीपीमा मधेश प्रदेशको हिस्सा ७ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान तथ्यांक कार्यालयले गरेको छ ।
कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशले ४ खर्ब ८२ अर्ब रुपैयाँ योगदान रहने अनुमान छ । यो कुल जीडीपीको ९ प्रतिशत हो ।
लुम्बिनी प्रदेशको करिब ७ खर्ब ६२ अर्ब रुपैयाँ हुने अनुमान छ ।
सुदूरपश्चिम प्रदेशले कुल गार्हस्थ उत्पादनमा ३ खर्ब ७६ अर्ब योगदान पुर्याउने अनुमान गरिएको छ ।
पछिल्लो ३ वर्षमा प्रदेश स्तरीय जीडीपी वृद्धिदरः