१० महिनामा १२ खर्ब ४ अर्ब व्यापार घाटा, निकासी २४ प्रतिशतले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 06:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब बढीको ब्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म नेपालको कुल ब्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख पुगेको छ । 

यो १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको वस्तु आयात भएको छ । यो अवधिमा नेपालबाट १ खर्ब ३० अर्ब ९० करोड बराबरको मात्रै वस्तु निकासी भएको छ । 

गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात दुवै घटेको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब ३४ करोड बराबरको वस्तु निर्यात हुँदा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाखको आयात गरेको थियो । 

गत वर्षको १० महिनामा भएको निकासीको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा भएको निर्यात २४.४९ प्रतिशतले कम हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved