कति छ नेपालको ऋण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 05:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सार्वजनिक ऋणबारे बेलाबेला चर्चा हुन्छ । कुल ऋणलाई जनसख्याले भागा गरेर हरेक व्यक्तिको थाप्लोमा कति ऋण पर्छ भनेर पनि चर्चा गर्ने गरिन्छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार नेपालले तिर्न बाँकी सार्वजनिक ऋण साढे २१ खर्ब रुपैयाँ नाघेको छ । वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख ऋण तिर्न बाँकी छ ।  

गत आर्थिक वर्षको अन्त्यसम्म (२०७९ असार मसान्तसम्म) नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख थियो । चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार १ खर्ब ४० अर्ब ८२ करोड ७५ लाख थपिएर साढे २१ खर्ब रुपैयाँ नाघेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा आन्तरिक र बाह्य गरी २ खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको सरकारले यो अवधिमा १ खर्ब ४३ अर्ब ४२ करोड २ लाख रुपैयाँ साँवा ब्याजबापत तिरेको छ । आन्तरिक ऋणको साँवा ब्याज तिर्न १ खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज तिर्न ३२ अर्ब ९९ करोड ६२ लाख खर्च भएको छ । 

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले १ खर्ब ५९ अर्ब ५० करोड आन्तरिक ऋण र ७० अर्ब ७४ करोड बाह्य ऋण लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved