सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । आर्थिक सर्वेक्षण अनुसार विद्युत प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ ।
उच्च नाफा गर्ने पाँच संस्थानहरु
१. नेपाल विद्युत प्राधिकरण ः १३ अर्ब ३७ करोड ४७ लाख
२. नेपाल दुरसञ्चार कम्पनी लिमिटेडः ८ अर्ब ४७ करोड ७ लाख
३. राष्ट्रिय वाणिज्य बैंक ः ४ अर्ब २९ करोड २८ लाख
४. नागरिक लगानी कोष ः ३ अर्ब १० करोड ४२ लाख
५. निक्षेप तथा कर्जा सुरक्षण कोष ः ३ अर्ब १ करोड ५० लाख
यी पाँच संस्थाबाट मात्रै ३२ अर्ब २५ करोड ७४ लाख दुन नाफा आर्जन भएको देखिन्छ । दुई खर्ब १७ अर्ब ४५ करोड शेयर लगानी रहेको यी कम्पनीको सञ्चििती नाफा भने ८१ अर्ब ५६ करोड रहेको देखिन्छ ।
त्यस्तै, नेपाल आयल निमग, नेपाल वायु सेवा निगम, नेपाल खानेपानी संस्थान, नेपाल दुक्ष्ध विकास संस्थान र नेपाल औषधी लिमिटेड उच्च घाटामा रहेको तथ्यांकले देखाएको छ ।