सार्वजनिक संस्थानको खुद नाफा ९४ प्रतिशतले घट्यो, कुनको नाफा र नोक्सानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुको नाफा बर्सेनी घट्दै गएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आइतबार संघिय संसदमा पेस गरेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समिक्षा, २०८० ले वित्तीय स्थिति थप खराब देखाएको हो ।

समिक्षामा भनिएको छ, आव २०७८रु७९ मा  वर्ष सार्वजनिक संस्थानहरुको खुद नाफा ९४।१५ प्रतिशतले घटेको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट आर्थिक वर्ष ०७८–७९ मा पनि समग्र अर्थतन्त्र प्रभावित रह्यो। युक्रेनमा भएको युद्धको कारण अर्थतन्त्रमा प्रत्यक्ष एवं परोक्ष प्रभाव पर्न गयो। यसबाट सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको अवस्था छ ।

गत आवमा सरकारको पूर्ण तथा अधिकांश लगानी रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ संस्थान नोक्सानीमा छन । दुई संस्थानको कारोबार शुन्य रहेको छ । यस आर्थिक वर्षमा पनि जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छ । नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिन्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखानाको व्यावसायिक कारोबार नभएको अवस्था छ ।

नेपाल रेल्वे कम्पनीले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।

आर्थिक वर्ष ०७८÷७९ मा नाफामा सञ्चालित २५ संस्थानको खुद नाफा ३३।६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०।९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २।४ प्रतिशतले कमी आएको छ ।

समिक्षा अवधिमा सार्वजनिक संस्थाहरुको नाफा १ अर्ब ५४ करोड २१ लाख  रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आव ०७७÷७८ मा सार्वजनिक संस्थाहरूको खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा सार्वजनिक संस्थाहरुमा सरकारको लगानी ८।९७ प्रतिशतलृ वृद्धि भई ६ खर्ब १८ अर्ब १६ करोड पुगेको छ । जसबाट सरकारले ६ अर्ब १६ करोड रुपैयाँ लाभांश प्राप्त गरको विवरण छ । यसरी हेर्दा सार्वजानिक संस्थानबाट सरकारले एक प्रतिशतभन्दा पनि कम लाभांश प्राप्त गरेको हो । अघिल्लो वर्ष सरकारले संस्थानबाट ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो ।

हाल औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ९, सामाजिक क्षेत्रमा ५, जनउपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ गरी ४२ संस्थान मात्र सञ्चालनमा छन ।

औद्योगिक क्षेत्रका २ संस्थान मात्रै नाफामा

औद्योगिक क्षेत्रका २ सार्वजानिक संस्थान मात्रै नाफामा देखिएका छन् । सरकारी लगानीका १० मध्ये ८ संस्थान घाटामा रहेको विवरणमा उल्लेख छ । यसअवधिमा उदयपुर सिमेन्ट र खारेजीमा गएको जनकपुर चुरोट कारखानामा नाफामा देखिएका छन् । विवरणअनुसार घर भाडा र जग्गा भाडाबाट आएको आम्दानीका कारण जनकपुर चुरोट कारखाना लिमिटेडको २५ लाख ४२ हजार रुपैयाँ नाफा देखिएको छ ।

त्यस्तै हेटौंडा सिमेन्ट, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान, नेपाल औषधी लिमिटेड, नेपाल ओरियण्ड एण्ड म्यानेसाइट प्रा लि, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र धौवादी फलाम कम्पनी घाटामा रहेका छन् ।

सेवा क्षेत्रका अधिकांश संस्थान नाफामा

सेवाक्षेत्रका अधिकांश संस्थान नाफामा देखिएका छन् । यस क्षेत्रका कुल ९ मध्ये ६ संस्थान नाफामा छन् भने ३ संस्थान घाटामा छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी, नेपाल नागरिक उड्यन प्राधिकरण, नेपाल पूर्वाधार निर्माण कम्पनी, साझा यातायात र विशाल बजार कम्पनी नाफामा सञ्चालित छन ।

व्यापार क्षेत्रका २ कम्पनी नाफामा

सरकारी स्वामित्वका चार व्यापार क्षेत्रका कम्पनीमध्ये २ नाफामा र २ नोक्सानमा रहेका छन् । यस क्षेत्रको नेपाल वन निगम र नेपाल आयल निगम नोक्सानीमा रहेका छन भने कृषि सामग्री कम्पनी र खाद्य व्यापार तथा व्यापार कम्पनी नाफामा देखिएका छन् ।

सामाजिक क्षेत्रका २ कम्पनी नाफामा

यता, सामाजिक क्षेत्रका २ कम्पनी ननाफामा रहेका छन् भने ३ कम्पनी नोक्सानमा देखिन्छन् । जसमध्ये सांस्कृतिक संस्थान, नेपाल टेलिभिजन र राष्टिय आवास कम्पनीमा नोक्सानीमा छन् भने जनक शिक्षा सामग्री केन्द्र र गोरखापत्र संस्थान नाफामा छन् ।

जनउपयोगी क्षेत्रका अधिकांश कम्पनी नाफामा

सरकारी स्वामित्वका पाँच सार्वजानिक संस्थानमध्ये चार संस्थान नाफामा रहेका छन् भने नेपाल खानेपानी संस्थान मात्रै नोक्सानमा रहेको छ । समिक्षा प्रतिवेदन अनुसार नेपाल विद्युत प्राधीकरण, नेपाल दुरसञ्चार कम्पनी, विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्टिय प्रसारण ग्रिड नाफामा सञ्चालित छन् ।

वित्तीय क्षेत्रका सबै कम्पनी नाफामा

सार्वजानिक संस्थानमा वित्तीय क्षेत्रमा नौ कम्पनी रहेका छन् । जसकाम सबै कम्पनी नाफामा रहेको वित्तीय विवरणमा उल्लेख छ । यस क्षेत्रमा कृषि विकास कम्पनी, राष्टिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल स्टक एक्सचेञ्ज, राष्टिय बीमा कम्पनी, राष्टिय बीमा संस्थान, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक लगानी कोष र हाइडोइलेक्टसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।

नाफामा रहेका संस्थान

सार्वजनिक संस्थानहरूमध्ये समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । विद्युत प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ ।

जनकपुर चुरोट कारखाना लि - २५ लाख

उदयपुर सिमेन्ट उद्योग लि।-४ करोड ९२ लाख

कृषि सामग्री कम्पनी -४५ करोड २० लाख

खाद्य व्यवस्था तथा व्यापार कम्पनी -१८ करोड ८८ लाख

औद्योगिक क्षेत्र व्यवस्थापन लि -५ करोड ३७ लाख

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि -८ करोड ५३ लाख करोड

नेपाल नागरिक उड्यन प्राधिकरण -१ अर्ब ३० करोड ७१ लाख

नेपाल पूर्वाधार निर्माण कम्पनी -३८ लाख

साझा यातायात सहकारी संस्था लि -२२ करोड ५३ लाख

विशाल बजार कम्पनी लि -१२ करोड ९ लाख

गोरखापत्र संस्थान -५ करोड ४९ लाख

जनक शिक्षा सामग्री केन्द्र लि  -२२ करोड १ लाख

नेपाल विद्युत् प्राधिकरण -१३ अर्ब ३७ करोड ४६ लाख

नेपाल दूरसञ्चार कम्पनी लि -८ अर्ब ४७ करोड ७ लाख

विद्युत् उत्पादन कम्पनी -१० करोड ७९ लाख

राष्ट्रिय प्रशारण ग्रिड कम्पनी -१५ करोड २ लाख

कृषि विकास बैंक -२ अर्ब २२ करोड ५७ लाख

राष्ट्रिय बिमा संस्थान ९जीवन० -२ करोड ६८ लाख

राष्ट्रिय बिमा कम्पनी लि -४७ करोड ३४ लाख

राष्ट्रिय वाणिज्य बैंक लि -४ अर्ब २९ करोड २८ लाख

निक्षेप तथा कर्जा सुरक्षण कोष -३ अर्ब १ करोड ४९ लाख

नेपाल स्टक एक्सचेन्ज लिमिटेड -१ अर्ब १७ करोड ८१ लाख

नागरिक लगानी कोष -३ अर्ब १० करोड ४२ लाख

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी -९५ करोड ७८ लाख

नेपाल बैंक लि - २ अर्ब ९२ करोड ३२ लाख


नोक्सानीमा रहेका सार्वजनिक संस्थान

नोक्सानीमा रहेका १७ सार्वजानिक संस्थानमध्ये नेपाल आयल निगम उच्च घाटामा रहेको देखिन्छ । त्यस्तै नेपाल वायु सेवा निगम, नेपाल खानेपानी संस्थान, नेपाल दुक्ष्ध विकास संस्थान र नेपाल औषधी लिमिटेड क्रमिक उच्च घाटामा रहेका सार्वजानिक संस्थान रहेको तथ्यांकले देखाएको छ ।

दुग्ध विकास संस्थान -३७ करोड ४ लाख

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी -१ करोड ६६ लाख

हेटौंडा सिमेन्ट उद्योग लि - ११ करोड १४ लाख

नेपाल औषधि लिमिटेड -१३ करोड ८६ लाख

नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि -१४ करोड २८ लाख

बुटवल धागो कारखाना लि -३ करोड ४६ लाख

नेपाल मेटल कम्पनी लि -३५ लाख

धौवादी फलाम कम्पनी लि -२८ लाख

नेपाल आयल निगम -३८ अर्ब १७ करोड ७७ लाख

नेपाल वन निगम लिमिटेड -२ करोड २६ लाख

नेपाल वायुसेवा निगम -१ अर्ब ७० करोड ३० लाख

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास के।लि -२८ लाख

नेपाल रेल्वे कम्पनी लि -१४ करोड ३५ लाख

साँस्कृतिक संस्थान -२ करोड ४४ लाख

नेपाल टेलिभिजन -१२ करोड ७५ लाख

राष्ट्रिय आवास कम्पनी -६ करोड ४६ लाख

नेपाल खानेपानी संस्थान -३९ करोड ५४ लाख

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved