११ महिनामा ४८ करोड ६४ लाखको पानी निकासी, ९९ प्रतिशत निर्यात भारतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 04:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डां प्रकाशशरण महतले नेपालको पानी ‘ब्राण्डिङ’सहित निर्यात गर्ने उद्घोष गरे । अर्थमन्त्री डां महतले संसदको रोष्टमबाट ‘वाटर फर्म हिमालय’ भनेर नेपालको पानी निकासी गर्ने घोषणा गरेका छन् ।

त्यसो त, यसअघिका अर्थमन्त्रीहरुले पनि नेपालको पानी बिक्री गर्ने योजना बजेटमा समेट्दै आएका थिए । तर, व्यवस्थित रुपमा कार्यान्वयन गर्न सकेका थिएनन् । फेरि पानी निकासीको विषय ‘वाटर फर्म हिमालय’ भनेर नयाँ नारासहित आएको छ । केही अघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि पानी निकासीको विषय समेटिएको थियो । यसअघि विभिन्न ब्राण्डका पानी निकासी भइरहेकोमा अहिले भने वाटर फर्म हिमालय भनेर निकासी गर्न खोजिएकोृ देखिन्छ । 

यद्यपि नेपालबाट पानी निकासी भने भइरहेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि वैशाखसम्म)मा नेपालबाट ४८ करोड ६४ लाख बराबरको पानी निर्यात भएको छ । भारतमा ४८ करोड ५९ लाख ७ हजार रुपैयाँको ७४ लाख ४५ हजार ४९५ लिटर पानी निर्यात भएको छ । भारतमै निर्यात भएको ७० लिटर पानीको भने कुनै मूल्य प्राप्त नभएको भन्सारको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, भुटानमा १ लाख ३६ हजार रुपैयाँको ३ हजार ९६० लिटर र अष्ट्रेलियामा १ लाख ८७ हजार रुपैयाँको ४६९ लिटर पानी निकासी भएको छ । जर्मनीमा १३ हजार रुपैयाँको ४१८ लिटर, जापानमा ३८ हजार रुपैयाँको ४३९ लिटर र यूएईमा ५ हजार रुपैयाँको ६५ लिटर पानी निकासी भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । समग्रमा भन्दा भारतमा मात्रै ९९ प्रतिशत पानी निर्यात भएको पाइएको छ । यो ११ महिनामा ४६ लाख ३१ हजार रुपैयाँको पानी आयात भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved